Posts

Showing posts with the label नेपालि रचना

म सडक हुँ

Image
25/06/2020 म सडक हुँ भाग-१ म सडक हुँ। म देख्न सक्दिँन, केवल महसुस गर्छु, मेरो देखाई नै यैं हो। रक्तनलिझैँ फैलिएको छु,  गल्लिगल्लिमा, सारा सहर भरी अनि नशामा रगत कुदेझैँ मेरो माथी चौबिसै घन्टा जीवन कुदिरहन्छ, थरीथरी जुत्तामा, चप्पलमा, नाङ्गो खुट्टामा, टायरमाथी अडिएको सवारीमा, दुई खुट्टामा, चार खुट्टामा, अनेकौं जीवन। म महसुस गरिरहन्छु, हेरिरहन्छु। मेरो हेराईको माप एउटै छ, चाहे बुढ्यौलीमा चाउरिए झैँ पत्रपत्र उप्किएको हुँ, या नवनिर्मित नवयौवना हुँ, या भर्खर शृङार गरिएकी नवयुवती। म एकनासले महसुस गर्छु। म महसुस गर्न सक्छु हिँडाईका चापहरु दौडाईका वेगहरु भिडहरु एकान्तहरु। म जम्मै देखिरहेछु, म सडक हुँ। म सुन्न सक्दिन, तर म जान्न खोज्छु, अनुमान लगाउन खोज्छु के भैरहेको छ मेरो माथी। म बुझ्दिन कहिले किन अनेकौं जुत्ताचप्पलहरु एकसाथ निस्कन्छन्, गल्लीगल्लीमा चोकचोकमा मुख्य सडकमा एकसाथ अगाडि बढ्छन् रोकिन्छ्न्, उभिन्छन् धेरैबेर, अनि भागाभाग गर्छन्। त्यहिं समय एक हुल फरक चापहरु म महसुस गर्छु, बुटहरुका सायद, उनिहरु पनि उभिन्छन् अनि बेगका साथ दौडिन्छन्। म महसुस गर्छु, अनेकौ नाङ्गा खुट्टाहरु अनि ती नाङ्ग...

बेचैन अनि अदृश्य

Image
21 Nov 2019 हरेक महिना चुनाव होस यहाँ हे ईश्वर! यो गरीबको दैलोमा भोट माग्न नेता आउन, ३६४ दिन पानी नचल्ने यो हाथबाट एकदिन भएपनी उनीहरु लोटाभर पानी खाउन! ढोङ नै सही, तर बिचरा ती हाथ त जोडुन, खुट्टा पनि सारिदिन्छु अघि, देखावटी सहि लम्पसार त परुन! कमसेकम एकदिन त म आफ्नो आस्तित्व बोध गर्न सकु! एक दिन नै सहि, चिच्याएर "देख्यौ मलाई?" भनी सोध गर्न सकु। अरु दिनको त के कुरा गर्नु हजुर? रोग, भोक र शोकले गाँजेकै छ, म त हजुर चित्रको परिधी बाहिर परे, त्यै एकदिन त हो नि हजुर जहाँ म जिवित रहने मेरो सोधी खोजी हुने, नत्र त म भट्किएको आत्मा जस्तै हुँ बेचैन अनि अदृश्य।।। Photo: www.newsnation.in

सहरको हल्ला

Image
10 July 2019 आज यो कालो रातमा सहरमा निकै हल्ला छ, अशान्तिको अनिद्राले कयौँ मान्छेहरु सयौं कोल्टे फेर्दैछ्न् , तर म त मस्त सुतिरहेकोछु यो रातको शान्तिमा, किनकी त्यो हल्ला म नै हुँ।।। Image: by Andrii Tokarchuk

चिसो चिसो

Image
17th August, 2018  चिसो यो आकाश, चिसै बतास अनि चिसो छ यो रात, नबोली बस्ने मायालु मेरी चिसै भैगयो यो साथ। चिसो हेराई, चिसै छ स्पर्श अनि चिसै छ यो बहाव, निशब्द मुहार, खालि खालि मन चिसै छ यो लगाव। हरेक प्रहर चिसै छ यहाँ चिसो चिसो यो श्वास, अन्जान छ अस्तित्व, अन्तर्मनको बिषाद मरिगए चिसै हुने लास।।

तिमी आयौ यसरी

Image
10 July 2019 तिमी आयौ यसरी आहा।।।। मेरो निर्जन मनमा एक साँझ तिमी श्वेत परी भई आयौ। यो तपन तनमा एक साँझ   तिमी सावने झरी भई आयौ। अँध्यारो लत्पत्तिएका यी आँखामा तिमी एक टुक्रा ज्योति भई आयौ। लुटिएको मेरो निर्धन जिवनमा तिमी बहुमुल्य मोती भई आयौ। तिमी आयौ फेरि अचल समयकालमा मेरो तिमी सुन्दर चाल भई आयौ। तिमी आयौ फेरि मूक मस्तिष्कमा मेरो भवानाका छाल भई आयौ। दिशाहिन आकाशमा मेरो तिमी फेरि आयौ टेक्ने धरती भई तिमी आयौ। प्रेमहिन जगतमा मेरो तिमी फेरि आयौ देखिने पिरती भई तिमी आयौ। विरुप मेरो स्वरुपमा आयौ तिमी सुन्दर नेत्रकाजल भई आयौ। उजाडिएको मेरो मनचित्रमा आयौ तिमी सुगन्धित हर्षबादल भई आयौ। आज आयौ तिमी सुख्खा फाँटमा मेरो हिम सरिता भई आयौ। आज आयौ तिमी यी सादा पानामा मेरो यो कविता भई आयौ।।।। Photo: Dheeraj Rayamajhi

काँच बाहिरको जिन्दगी

Image
काँच बाहिरको जिन्दगी म हेरिरहेछु काँच बाहिर , अनेकौ जिन्दगीहरुलाई । हतारिदै हिँड्दै गरेका जिन्दगी , आफ्नै गतिमा लम्किदै गरेका जिन्दगी ,  अनि सडक पेटिमा सुसाईरहेका जिन्दगी । म देखिरहेछु , मोटरसाइकलमा बत्तिदै गरेका जिन्दगी , कहिँ पुग्ने हतारोमा जिन्दगी । काँच बाहिर म देख्दैछु , हातहातमा फाईल बोकेर उभिएका जिन्दगी , चिन्तित अनि रनभुल्ल जिन्दगी । एक थान जिन्दगी निलो स्क्र्ब सुटमा हाँस्दै क्यान्टिनबाट निस्किदै ,  अनि भोकाएका केही क्यान्टिन भित्र पस्दै गरेका जिन्दगी । घाँटिमा आला झुन्ड्याएका सेता बस्त्रधारी एक जोडि जिन्दगी उपचाररत कोहि जिन्दगीको कुरा गर्दै होलान् , अनि हातमा चियाको कप समातेका बाक्ला जुँगाधारी केही थान जिन्दगी देशको ' जिन्दगी ' बारे बात मार्दै होलान्   । म हेर्दैछु अझै काँच बाहिरको ' जिन्दगी ' । भर्खरै एम्बुलेन्स आईपुग्छ र एकैछिनमा निकालिन्छ स्ट्रेचरमा एउटा दुब्लो जिन्दगी , ' जिन्दगी ' कै दोँशाधमा उभिएको यो ज...

म यौटा कविता लेख्न खोज्दैछु

Image
25th March 2018 म यौटा कविता लेख्न खोज्दैछु म यौटा कविता लेख्न खोज्दैछु तर म लेखुँ के ? त्यसो त मानसपटलमा अनेकौं शब्दहरु कल्याङमल्याङ गरिरहेछन् , तर ती शब्दहरुलाई पक्रेर सादा पानामा उतारु कसरी ? अनि कसरी ती शब्दहरुलाई काव्यात्मक रङ्ग दिउ ? म सोच्दैछु , म यौटा कविता लेख्न खोज्दैछु। मस्तिष्क भन्छ जिवनको बारे कविता लेख मन सोध्छ सर्वप्रथम त के हो जीवन ? सम्पुर्ण "म" विचारमा डुब्छु , यतीसम्मको जीवन बाँचेर कति बुझेको रहेछु त मैले जीवन , के सुदुर देशको वैभवता अनि रात्रीकालिन रङ्गिन घरहरुमा हराउन खोज्ने एउटा सपना हो त जीवन ? या सिरियाको गुटामा चल्दैगरेको विध्वंसमा अस्तित्व खोज्दै गर्ने एउटा विपना हो जीवन ? म निरुत्तर हुन्छु , म लेखुं के आखिर ?? तर पनि म यौटा कविता लेख्न खोज्दैछु।।। Image:   https://techcrunch.com

पर्खाई एक झोंक्का नशाको

Image
10 July, 2019 पर्खाई एक झोंक्का नशाको दशौं दिन भएछ थोपो नपिएको मैले , मरुभूमि झैं सुख्खा गला अनि रापिएका आँखा चिस्यानको खोजिमा भौंतारिन खोज्दैछ्न् , जिवनको त के कुरा गरुं हजुर ? सन्तोषको वर्षा त एकादेशको कथा भैसक्यो , दु:खका ताता हावाले आशाका निला बादलहरु खै कुन सालमा नै उडाईसके रे! तसर्थ निर्जन मन , निर्बल तन एकछिन बिसाउन खोज्दैछु , मदिराको एक प्याला धेरैपछी भर्न खोज्दैछु , सिग्रेटको धुँवामा एक क्षण जिवनको सौदा गर्दैछु , पर्खाई छ त बस , केवल एक झोक्का नशाको ।।