पर्खाई एक झोंक्का नशाको





10 July, 2019


पर्खाई एक झोंक्का नशाको

दशौं दिन भएछ
थोपो नपिएको मैले,
मरुभूमि झैं सुख्खा गला
अनि रापिएका आँखा
चिस्यानको खोजिमा
भौंतारिन खोज्दैछ्न्,
जिवनको त के कुरा गरुं हजुर?
सन्तोषको वर्षा त
एकादेशको कथा भैसक्यो,
दु:खका ताता हावाले
आशाका निला बादलहरु
खै कुन सालमा नै उडाईसके रे!
तसर्थ निर्जन मन, निर्बल तन
एकछिन बिसाउन खोज्दैछु,
मदिराको एक प्याला
धेरैपछी भर्न खोज्दैछु,
सिग्रेटको धुँवामा
एक क्षण जिवनको सौदा गर्दैछु,
पर्खाई छ त बस,
केवल एक झोक्का नशाको ।।

Comments

Popular posts from this blog

Sleep

के देख्छ सिउंडीको फूलले?

म सडक हुँ