म यौटा कविता लेख्न खोज्दैछु
म यौटा कविता लेख्न खोज्दैछु
तर म लेखुँ के?
त्यसो त मानसपटलमा अनेकौं शब्दहरु
कल्याङमल्याङ गरिरहेछन्,
तर ती शब्दहरुलाई पक्रेर
सादा पानामा उतारु कसरी?
अनि कसरी ती शब्दहरुलाई काव्यात्मक रङ्ग दिउ?
म सोच्दैछु,
म यौटा कविता लेख्न खोज्दैछु।
मस्तिष्क भन्छ जिवनको बारे कविता लेख
मन सोध्छ सर्वप्रथम त के हो जीवन?
सम्पुर्ण "म" विचारमा डुब्छु,
यतीसम्मको जीवन बाँचेर कति बुझेको रहेछु त मैले जीवन,
के सुदुर देशको वैभवता अनि
रात्रीकालिन रङ्गिन घरहरुमा हराउन खोज्ने
एउटा सपना हो त जीवन?
या सिरियाको गुटामा चल्दैगरेको विध्वंसमा
अस्तित्व खोज्दै गर्ने
एउटा विपना हो जीवन?
म निरुत्तर हुन्छु,
म लेखुं के आखिर??
तर पनि म यौटा कविता लेख्न खोज्दैछु।।।
तर म लेखुँ के?
त्यसो त मानसपटलमा अनेकौं शब्दहरु
कल्याङमल्याङ गरिरहेछन्,
तर ती शब्दहरुलाई पक्रेर
सादा पानामा उतारु कसरी?
अनि कसरी ती शब्दहरुलाई काव्यात्मक रङ्ग दिउ?
म सोच्दैछु,
म यौटा कविता लेख्न खोज्दैछु।
मस्तिष्क भन्छ जिवनको बारे कविता लेख
मन सोध्छ सर्वप्रथम त के हो जीवन?
सम्पुर्ण "म" विचारमा डुब्छु,
यतीसम्मको जीवन बाँचेर कति बुझेको रहेछु त मैले जीवन,
के सुदुर देशको वैभवता अनि
रात्रीकालिन रङ्गिन घरहरुमा हराउन खोज्ने
एउटा सपना हो त जीवन?
या सिरियाको गुटामा चल्दैगरेको विध्वंसमा
अस्तित्व खोज्दै गर्ने
एउटा विपना हो जीवन?
म निरुत्तर हुन्छु,
म लेखुं के आखिर??
तर पनि म यौटा कविता लेख्न खोज्दैछु।।।
Comments
Post a Comment