तिमी आयौ यसरी









10 July 2019


तिमी आयौ यसरी

आहा।।।।

मेरो निर्जन मनमा
एक साँझ तिमी
श्वेत परी भई आयौ।

यो तपन तनमा
एक साँझ  तिमी
सावने झरी भई आयौ।

अँध्यारो लत्पत्तिएका
यी आँखामा तिमी
एक टुक्रा ज्योति भई आयौ।

लुटिएको मेरो
निर्धन जिवनमा तिमी
बहुमुल्य मोती भई आयौ।

तिमी आयौ फेरि
अचल समयकालमा मेरो
तिमी सुन्दर चाल भई आयौ।

तिमी आयौ फेरि
मूक मस्तिष्कमा मेरो
भवानाका छाल भई आयौ।

दिशाहिन आकाशमा मेरो
तिमी फेरि आयौ
टेक्ने धरती भई तिमी आयौ।

प्रेमहिन जगतमा मेरो
तिमी फेरि आयौ
देखिने पिरती भई तिमी आयौ।

विरुप मेरो
स्वरुपमा आयौ तिमी
सुन्दर नेत्रकाजल भई आयौ।

उजाडिएको मेरो
मनचित्रमा आयौ तिमी
सुगन्धित हर्षबादल भई आयौ।

आज आयौ तिमी
सुख्खा फाँटमा मेरो
हिम सरिता भई आयौ।

आज आयौ तिमी
यी सादा पानामा मेरो
यो कविता भई आयौ।।।।



Photo: Dheeraj Rayamajhi


Comments

Popular posts from this blog

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

एक चम्चा चिनी

के देख्छ सिउंडीको फूलले?