बेचैन अनि अदृश्य

21 Nov 2019





हरेक महिना चुनाव होस यहाँ हे ईश्वर!
यो गरीबको दैलोमा भोट माग्न नेता आउन,
३६४ दिन पानी नचल्ने यो हाथबाट
एकदिन भएपनी उनीहरु लोटाभर पानी खाउन!
ढोङ नै सही, तर बिचरा ती हाथ त जोडुन,
खुट्टा पनि सारिदिन्छु अघि, देखावटी सहि लम्पसार त परुन!
कमसेकम एकदिन त म आफ्नो आस्तित्व बोध गर्न सकु!
एक दिन नै सहि, चिच्याएर "देख्यौ मलाई?" भनी सोध गर्न सकु।
अरु दिनको त के कुरा गर्नु हजुर?
रोग, भोक र शोकले गाँजेकै छ,
म त हजुर चित्रको परिधी बाहिर परे,
त्यै एकदिन त हो नि हजुर जहाँ म जिवित रहने
मेरो सोधी खोजी हुने,
नत्र त म भट्किएको आत्मा जस्तै हुँ
बेचैन अनि अदृश्य।।।


Photo: www.newsnation.in

Comments

Popular posts from this blog

Sleep

के देख्छ सिउंडीको फूलले?

म सडक हुँ