चिसो चिसो
17th August, 2018
अनि चिसो छ यो रात,
नबोली बस्ने मायालु मेरी
चिसै भैगयो यो साथ।
चिसो हेराई, चिसै छ स्पर्श
अनि चिसै छ यो बहाव,
निशब्द मुहार, खालि खालि मन
चिसै छ यो लगाव।
अनि चिसै छ यो बहाव,
निशब्द मुहार, खालि खालि मन
चिसै छ यो लगाव।
हरेक प्रहर चिसै छ यहाँ
चिसो चिसो यो श्वास,
अन्जान छ अस्तित्व, अन्तर्मनको बिषाद
मरिगए चिसै हुने लास।।
चिसो चिसो यो श्वास,
अन्जान छ अस्तित्व, अन्तर्मनको बिषाद
मरिगए चिसै हुने लास।।
Comments
Post a Comment