7th Dec, 2019 चौकोर कोठाको एक कुनामा एउटा पलङ लडिरहेको छ सायद कैयौं वर्षदेखि यसरी नै लडिरहेको होला, अनेकन मान्छेहरु यही पलङमाथी लडेका होलान, थाकेका जीउ, अल्छेको जीउ, बिरामी जीउ, यौनले उन्मादित जीउ, नजाने अनेकन जीउ यसमाथी उत्तानीएका होलान, घोप्टिएका होलान, हजारौ कोल्टे फेरेका होलान, कति सपना देखेका होलान? दिनका सपना छुट्टै, रातका छुट्टै, के सपना देखे होलान? फूल देखे होलान, आकाश देखे होलान, हरिया चौर अनि समतल फाँट देखे होलान, कुनै अवसादका देखे होलान, बिछोडका देखे होलान, मिलनका देखे होलान, सोचेका देखे होलान, नसोचेका देखे होलान। ती सपना देख्ने मानिस अहिले कहाँ होलान? के गर्दै होलान? ती अहिले पनि कतै न कतै सपना त अवश्य देख्दै होलान। अनि विपना नि? अँ, त म पलङको पो कुरा गर्दै थिए! ती मानिस जस्तै म अर्को मानिस यहीँ पलङमा लड्दैछु अहिले, सपना त म पनि देखिरहेको छु, खुला आँखा लिएर, तर म के देख्दैछु? बोध छैन मलाई, बाहिर गमलामा फुलेको सिँउडीको फूललाई...
Comments
Post a Comment