Posts

Showing posts from 2020

म सडक हुँ

Image
25/06/2020 म सडक हुँ भाग-१ म सडक हुँ। म देख्न सक्दिँन, केवल महसुस गर्छु, मेरो देखाई नै यैं हो। रक्तनलिझैँ फैलिएको छु,  गल्लिगल्लिमा, सारा सहर भरी अनि नशामा रगत कुदेझैँ मेरो माथी चौबिसै घन्टा जीवन कुदिरहन्छ, थरीथरी जुत्तामा, चप्पलमा, नाङ्गो खुट्टामा, टायरमाथी अडिएको सवारीमा, दुई खुट्टामा, चार खुट्टामा, अनेकौं जीवन। म महसुस गरिरहन्छु, हेरिरहन्छु। मेरो हेराईको माप एउटै छ, चाहे बुढ्यौलीमा चाउरिए झैँ पत्रपत्र उप्किएको हुँ, या नवनिर्मित नवयौवना हुँ, या भर्खर शृङार गरिएकी नवयुवती। म एकनासले महसुस गर्छु। म महसुस गर्न सक्छु हिँडाईका चापहरु दौडाईका वेगहरु भिडहरु एकान्तहरु। म जम्मै देखिरहेछु, म सडक हुँ। म सुन्न सक्दिन, तर म जान्न खोज्छु, अनुमान लगाउन खोज्छु के भैरहेको छ मेरो माथी। म बुझ्दिन कहिले किन अनेकौं जुत्ताचप्पलहरु एकसाथ निस्कन्छन्, गल्लीगल्लीमा चोकचोकमा मुख्य सडकमा एकसाथ अगाडि बढ्छन् रोकिन्छ्न्, उभिन्छन् धेरैबेर, अनि भागाभाग गर्छन्। त्यहिं समय एक हुल फरक चापहरु म महसुस गर्छु, बुटहरुका सायद, उनिहरु पनि उभिन्छन् अनि बेगका साथ दौडिन्छन्। म महसुस गर्छु, अनेकौ नाङ्गा खुट्टाहरु अनि ती नाङ्ग...

आखिर कोहि किन हार मान्छ?

Image
04/07/2019 आखिर कोहि किन हार मान्छ?                                            आजकाल आत्महत्याका अनेकौं खबर दिनहुजसो सुनिन थालेका छन्। आखिर कोहि किन नै आत्महत्याको बाटो रोज्छन्? जीवन त सबैलाई प्यारो हुन्छ; एउटा जाबो कमिलालाई त त्यस्को जीवन कति प्यारो हुन्छ। यस्तो प्यारो जीवनसँग सबै मोह एकाएक त्यागेर कोहि किन डोरीको पासो समाउन पुग्छ या विषको सिसी रित्याउन पुग्छ? २०१९ मे १३ को त्यो कालो रात शायदै म कहिले बिर्सन सकुँला। मेरी आत्मिय मित्रले त्यो दिन जीवनसँग हार मानिन् र यो दुनियादेखि सधैँको लागि बिदा लिईन्। हेर्दा कति खुसी देखिन्थिन् उनी। आफ्नो पढाईमा पनि अब्बल थिईन्। उनको प्रेमजीवन पनि सुमधुर नै चल्दैथियो। जो कोहिलाई पनि हेर्दा लाग्थ्यो कति सहज जीवन बाँचिरहेकिछन् उनी। तर उनीले हामी सबैलाई झुट्टा साबित गरिदिन्। उनी त्यो संबेदनाहिन कमिला जो थिईनन्।  लामो समयदेखी आफ्नो मनमा भयानक अवसाद लिएर पो बाँचिरहेकी थिईन् उनी। हामीले उनको त्यो हाँसोभित्रको भयंकर निराश...

I CAN'T BREATHE!!

Image
4th June, 2020 I CAN'T BREATHE!! "I can't breathe!" "I can't breathe!" George Floyd, तिमी निकै छट्पटायौ , निर्जिव हुँदै गईरहेको तिम्रो शरीर , निर्जिव भईसकेको त्यो पुलिसको अमानवीय घुँडा तिम्रो घाँटिमा झन््झन् धस्सिदा , "I can't breathe" बाहेक तिमीले केही भन्नै सकेनौ , छट्पटायौ , एक-एक चिम्टी सासको लागि तड्पियौ , अनि हार खायौ। तिमी लास भयौ , अनि तिमी लास मात्र भएनौ , एक झिल्का भयौ र वर्षौदेखि थिग्रीएका , दबिएका अनि स्वंम दबाईएका , बेवस्ता गरिएका दमित आवाजहरु - ती परालका चाङ्गहरु - तिमीले व्हार्व्हार्ती आगो लगाईदियौ , ती अब भुसभित्रका आगा रहेनन् , ती त खुब जले , खुब प्रकाश अनि रापका साथ बले ,  बल्दैछन् , डढेलोझैं फैलिए ,  फैलिदैछन् , अनि चारैतिर तिम्रो मृत्यु अघिको रोदन शक्तिमा बदलिंदै मुटु छेड्ने नारा बने ,  बन्दैछन् , "I can't breathe! I can't breathe!" आधुनिक युगमा पनि तिमीले आफ्नै पुर्खाको नियती भोग्यौ! कस्तो बिडम्बना! जातिय भेदक...

एक चम्चा चिनी

Image
2nd Jan 2020 एक चम्चा चिनी हालेर चिया सुरुप्प पारेँ , आश्चर्य!! नुनिलो लाग्यो , चिनी कम भयो भनी एक चम्चा अझै थपे , झनझन नुनिलो लाग्यो , बास्नादार चियापत्ती पनि हालेकै थिएँ , तर चिया त पसिना पसिना गनाह्यो , अनि ख्याल आयो , उँखु किसानहरु त सिँहदरबार अगाडि आँसु झार्दैछ्न्।। Image: from  https://www.business-humanrights.org

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

Image
जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना May 14th, 2020 १४ मे, बिहिबारको दिन। अघिल्लो रात, ए रात होइन, अघिल्लो रातको भोलिपल्ट सबेर बिहान ५ बजेतिर निदाएको हुँला। के गर्नु? यो लकडाउनले गर्दा घरमै बस्नुपर्ने बाध्यता। खासै गर्नुपर्ने काम नभएपछी खाली खाने, अलि पढेजस्तो गर्ने, फिलिम हेर्ने, सुत्ने एवम् काम मात्रै त भयो। पुरै sleep cycle नै फेरिएको छ! अबेर झण्डैझण्डै मध्यान्नको बेला आँखा खुल्यो। एउटा छुट्टै किसिमको आश्चर्यताले मस्तिष्कमा बास गर्यो। क्या मज्जाको सपना देखेछु! एकमन आँखा चिम्लिएर सपना फेरी निरन्तर हुन्छ कि भनेर प्रयास नगरेको पनि होईन, तर ब्युझिँएपछी के लाग्थ्यो र। सपना पनि के देखेँ? एक तरिकाले भन्दा सपनामा भगवान नै देखेछु - बायोलोजिकल साईन्सका एक भगवान नै हुन् उनी। सानो हुँदा एकचोटी सपनामा सत्य साई बाबालाई देखेको थिए - उनी गन्जी लगाएर क्यारम खेलिरहेका थिए। निकै उत्साहित हुँदै आमालाई सुनाएको थिए। आमा पनि अचम्म परेकी थिईन्। त्योबेला म धर्मकर्ममा खुब आस्था राख्थेँ। अहिले भने त्यो क्षण सम्झिँदा हाँसो लागेर आउँछ। हुर्किंदो बेला धार्मिक टनिक घरबाटै पिईरहेको म बबुरोल...