Posts

Showing posts from 2019

के देख्छ सिउंडीको फूलले?

Image
7th Dec, 2019 चौकोर कोठाको एक कुनामा एउटा पलङ लडिरहेको छ सायद कैयौं वर्षदेखि यसरी नै लडिरहेको होला, अनेकन मान्छेहरु यही पलङमाथी लडेका होलान, थाकेका जीउ, अल्छेको जीउ, बिरामी जीउ, यौनले उन्मादित जीउ, नजाने अनेकन जीउ यसमाथी उत्तानीएका होलान, घोप्टिएका होलान, हजारौ कोल्टे फेरेका होलान, कति सपना देखेका होलान? दिनका सपना छुट्टै, रातका छुट्टै, के सपना देखे होलान? फूल देखे होलान, आकाश देखे होलान, हरिया चौर अनि समतल फाँट देखे होलान, कुनै अवसादका देखे होलान, बिछोडका देखे होलान,  मिलनका देखे होलान, सोचेका देखे होलान, नसोचेका देखे होलान। ती सपना देख्ने मानिस  अहिले कहाँ होलान? के गर्दै होलान? ती अहिले पनि कतै न कतै सपना त अवश्य देख्दै होलान। अनि विपना नि? अँ, त म पलङको पो कुरा गर्दै थिए! ती मानिस जस्तै म अर्को मानिस यहीँ पलङमा लड्दैछु अहिले, सपना त म पनि देखिरहेको छु, खुला आँखा लिएर, तर म के देख्दैछु? बोध छैन मलाई, बाहिर गमलामा फुलेको सिँउडीको फूललाई...

बेचैन अनि अदृश्य

Image
21 Nov 2019 हरेक महिना चुनाव होस यहाँ हे ईश्वर! यो गरीबको दैलोमा भोट माग्न नेता आउन, ३६४ दिन पानी नचल्ने यो हाथबाट एकदिन भएपनी उनीहरु लोटाभर पानी खाउन! ढोङ नै सही, तर बिचरा ती हाथ त जोडुन, खुट्टा पनि सारिदिन्छु अघि, देखावटी सहि लम्पसार त परुन! कमसेकम एकदिन त म आफ्नो आस्तित्व बोध गर्न सकु! एक दिन नै सहि, चिच्याएर "देख्यौ मलाई?" भनी सोध गर्न सकु। अरु दिनको त के कुरा गर्नु हजुर? रोग, भोक र शोकले गाँजेकै छ, म त हजुर चित्रको परिधी बाहिर परे, त्यै एकदिन त हो नि हजुर जहाँ म जिवित रहने मेरो सोधी खोजी हुने, नत्र त म भट्किएको आत्मा जस्तै हुँ बेचैन अनि अदृश्य।।। Photo: www.newsnation.in

सहरको हल्ला

Image
10 July 2019 आज यो कालो रातमा सहरमा निकै हल्ला छ, अशान्तिको अनिद्राले कयौँ मान्छेहरु सयौं कोल्टे फेर्दैछ्न् , तर म त मस्त सुतिरहेकोछु यो रातको शान्तिमा, किनकी त्यो हल्ला म नै हुँ।।। Image: by Andrii Tokarchuk

चिसो चिसो

Image
17th August, 2018  चिसो यो आकाश, चिसै बतास अनि चिसो छ यो रात, नबोली बस्ने मायालु मेरी चिसै भैगयो यो साथ। चिसो हेराई, चिसै छ स्पर्श अनि चिसै छ यो बहाव, निशब्द मुहार, खालि खालि मन चिसै छ यो लगाव। हरेक प्रहर चिसै छ यहाँ चिसो चिसो यो श्वास, अन्जान छ अस्तित्व, अन्तर्मनको बिषाद मरिगए चिसै हुने लास।।