चिसो चिसो
17th August, 2018 चिसो यो आकाश, चिसै बतास अनि चिसो छ यो रात, नबोली बस्ने मायालु मेरी चिसै भैगयो यो साथ। चिसो हेराई, चिसै छ स्पर्श अनि चिसै छ यो बहाव, निशब्द मुहार, खालि खालि मन चिसै छ यो लगाव। हरेक प्रहर चिसै छ यहाँ चिसो चिसो यो श्वास, अन्जान छ अस्तित्व, अन्तर्मनको बिषाद मरिगए चिसै हुने लास।।